‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ

विदुर खबर २०७५ मंसिर २२ गते १३:४५

काठमाडौँ,‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरिएको छ । 

Advertisement

नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गर्नुभएको हो । नेता गुरुङले बलियो काङ्ग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले देशभरका काङ्ग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको बताउनुभयो । 

अभियन्ता दीपक भण्डारीले पार्टीभित्र एउटै व्यक्तिले दोहो¥याउने परिपाटीको अन्त्य गर्दै समान अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अभियन्ता हरिशरण खतिवडाले नयाँ दृष्टिकोण र नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउन अभियान शुरु गर्न लागिएको बताउँदै आगामी दिनमा यो अभियानलाई देशव्यापी लैजाने बताउनुभयो । अभियन्ता अञ्जना अर्याल, जयराम दाहाल लगायतले नयाँ काङ्ग्रेस निर्माणका लागि अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

Advertisement

प्रतिक्रिया