सर्वाधिक राशिको दोस्रो राष्ट्रिय कविता महोत्सव २०७५ सम्पन्न

विदुर खबर २०७५ मंसिर १६ गते ५:१७

नुवाकोट, नुवाकोटमा सम्पन्न भएको सर्वाधिक राशिको दोस्रो राष्ट्रिय कविता महोत्सवको उपाधी उदयपुरका कवि जीवन आरोहीले हात पार्नु भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा उहाँले ‘चराहरुको यात्रा’ शिर्षकको कविता बाचन गर्नुभएको थियो । उहाँले ५० हजार रुपैयाँ सहित ट्रफि र मेडल प्राप्त गर्नुभएको छ । निर्यायक मण्डलका संयोजक एवं समालोचक महेस पौडेलको अनुसार बाग्लुङका विवश वावु द्धितीय र तृतीय रामेछापका जीवन खत्री र दोलखाका देवकी अभिलासी हुनुभएको छ ।

Advertisement

प्रतियोगितामा द्धितीय हुने बाबुलाई ३० हजार रुपैया प्रमाण पत्र र तृतीया हुनेहरु खत्री र अभिलासीलाई समान २० हजार रुपैयाँ प्रमाण पत्र प्रदान गरिएको छ । विजेता कविताहरुले प्रतिगात्मक रुपमा देशको समसामयिक अवस्था, नेपाली सामाजिक परिवेस, लगायतका विषयबस्तुलाई प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले राज्यले गर्नु पर्ने काम नुवाकोट साहित्य प्रतिष्ठानले गरेको बताउनुभएको छ ।
कार्यक्रममा कार्तिक १५ गतेसम्म प्राप्त भएका २ सय ४८ कविता बाट छानिएका २० जना कविहरुले आफ्नो कविता बाचन गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाका साहित्य अनुरागीहरुको सहभागिता रहेको संयोजक मुकुनदराज अर्यालले बताउनुभएको छ ।

Advertisement

प्रतिक्रिया