माता मनकामना बचत तथा ऋण सहकारीको पाचौ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७५ मंसिर १५ गते १४:१६

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर एकमा रहेको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

सहकारीले यस आर्थिक वर्ष २०७४÷७५ मा १ करोड १३ लाख ९९ सय हजार ६ सय १३ रुपैँया बचत गर्न सफल भएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष नबिनकृष्ण राजभण्डारीले अषाढ मसान्त सम्म संस्थाको सेयर पुजी ९६ लाख ५२ हजार ८ सय रहेको बताउनु भएको छ । २०७५ को प्रगति प्रतिबेदन प्रस्तुत गर्नुहुदै उहाले सेयर सदस्यहरुको मागलाई ध्यानमा राखी सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने, संस्थाको आर्थिक स्थिति वृद्धि गरी आफ्नै भवनमा कार्यलय सञ्चालन गर्न जग्गा खरिद गर्ने योजना रहेको बताउनुभएको छ ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष राजेन्द्र थपलियाले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक आय व्यय तथा सहकारीको लेखा समितिका संयोजक दिपकप्रसाद रिजालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

यस्तै, सहकारीले पाचौ साधारण सभाको अवसरमा एसइइ परिक्षामा उत्कृष्ठ हुने विद्यार्थी तथा सरकारी एवम् बोडिङ्घ स्कुलको प्राथमिक कक्षामा अध्यन्रत उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरेको छ । एसइइ परिक्षामा उत्कृष्ठ हुने विद्यार्थी रिया बोगटी तथा प्राबि तहमा उत्कृष्ठ विद्यार्थीहरुमा ब्रिलियण्ट एकेडेमी ढुङ्गेमा अध्यन्।त छात्रा आस्था कलवार र कल्याणकारी बिद्या मन्दिर बिदुरमा अध्यन्रत छात्र अस्बिन उप्रेतीलाई सम्मान गरिएको सहकारीका सचिब सन्तोष उप्रेतीले जानकारी दिनुभएको छ ।

यसैगरी, सहकारीको उत्कृष्ठ बचतकर्तामा शुसिल रिजाल उत्कृष्ठ ऋणि अन्तर्गत प्रेमलाल श्रेष्ठलाई सम्मान गरिएको बताइएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष राजेश श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्य, निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष सुमन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Advertisement

 

प्रतिक्रिया