शुभप्रभात बचत तथा ऋण सहकारीको ११ औ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७५ मंसिर १५ गते १४:०६

बिदुर नगरपालिका वडा नं २ मा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा आज कुवापानी चौरमा सम्पन्न भएको छ ।

Advertisement

सहकारीले आर्थिक वर्ष २०७४÷७५ मा १५ करोड १० लाख ४६ हजार ८ सय १२ रुपैँया बचत गरेको सहकारीका अध्यक्ष महेन्दलाल श्रेष्ठले बताए । श्रेष्ठले सहकारीको ११ औ साधारणसभा आइपुग्दासम्म संस्थाको सेयर पुजी १ करोड ५६ लाख ८६ हजार ६ सय रुपैयाँ रहेको बताए । कार्यक्रममा सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को लेदा परिक्षण तथा आव २०७५÷७६ को अनुमानित आय व्ययका साथै निति तथा कार्यक्रमको बारेमा जाननकारी दिएका थिए । सहकारीले ११ औ साधारणसभाको अवसरमा गतवर्षको एसइइ परिक्षामा सेयरधनीका उत्कृष्ठ हुने छोराछोरीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुने विद्यार्थीहरुमा सोहन श्रेष्ठ,दिक्षांत डंगोल,रिवन डंगोल, क्षितिजा श्रेष्ठ। नन्दिता डंगोल र जेनी डंगोललाई सम्मान गरिएको हो । यसैगरी, सहकारीले उत्कृष्ठ बचतकर्ता विदुर नगरपालिका वडा नं २ का राकृष्ण सार्कीलाई र असल ऋणि अन्तर्गत आईसिंह तामाङलाई सम्मान गरिएको सहकारीको कोषाध्यक्ष रामराजा श्रेष्ठले बताए । कार्यक्रममा विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र कुमार शाहीले सहकारीले स्थापनाको केही वर्षमै राम्रो सफलता हात पारेको बताए । वडाअध्यक्ष शाहीले विदुर नगरपालिकाले सशकारी ऐन राजपत्रमा उल्लेख गरिसकेकोले अबका दिनमा शहकारीहरु स्थानिय तहमा आएको बताए ।

Advertisement

प्रतिक्रिया