शुभप्रभात बचत तथा ऋण सहकारीको ११ औ वार्षिक साधारणसभा सम्पन्न
बिदुर नगरपालिका वडा नं २ मा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा आज कुवापानी चौरमा सम्पन्न भएको छ ।
सहकारीले आर्थिक वर्ष २०७४÷७५ मा १५ करोड १० लाख ४६ हजार ८ सय १२ रुपैँया बचत गरेको सहकारीका अध्यक्ष महेन्दलाल श्रेष्ठले बताए । श्रेष्ठले सहकारीको ११ औ साधारणसभा आइपुग्दासम्म संस्थाको सेयर पुजी १ करोड ५६ लाख ८६ हजार ६ सय रुपैयाँ रहेको बताए । कार्यक्रममा सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को लेदा परिक्षण तथा आव २०७५÷७६ को अनुमानित आय व्ययका साथै निति तथा कार्यक्रमको बारेमा जाननकारी दिएका थिए । सहकारीले ११ औ साधारणसभाको अवसरमा गतवर्षको एसइइ परिक्षामा सेयरधनीका उत्कृष्ठ हुने छोराछोरीहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने विद्यार्थीहरुमा सोहन श्रेष्ठ,दिक्षांत डंगोल,रिवन डंगोल, क्षितिजा श्रेष्ठ। नन्दिता डंगोल र जेनी डंगोललाई सम्मान गरिएको हो । यसैगरी, सहकारीले उत्कृष्ठ बचतकर्ता विदुर नगरपालिका वडा नं २ का राकृष्ण सार्कीलाई र असल ऋणि अन्तर्गत आईसिंह तामाङलाई सम्मान गरिएको सहकारीको कोषाध्यक्ष रामराजा श्रेष्ठले बताए । कार्यक्रममा विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र कुमार शाहीले सहकारीले स्थापनाको केही वर्षमै राम्रो सफलता हात पारेको बताए । वडाअध्यक्ष शाहीले विदुर नगरपालिकाले सशकारी ऐन राजपत्रमा उल्लेख गरिसकेकोले अबका दिनमा शहकारीहरु स्थानिय तहमा आएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया