अस्थायी शिक्षकको नतिजा सार्वजनिक, असफलको संख्या धेरै

विदुर खबर २०७५ मंसिर ११ गते २:५०

भक्तपुर – शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा सार्वजनिक गरेको छ । पहिलो दिन सोमबार निमावि तह अन्र्तगत सबै क्षेत्रको गणित विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा सार्वजनिक गरेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

Advertisement

‘नतिजाको प्रारम्भिक ट्रेण्ड हेर्दा विज्ञापन १ र २ मा असफलको संख्या धेरै देखिएको छ’ उनले भने ‘यकिन तथ्याङ्कत विस्तृत विश्लेषण पछि मात्रै भन्न सकिएला ।’

अब क्रमै सँग नतिजा सार्वजनिक गर्दै जाने आयोगको योजना रहेको उनले बताए । नतिजा सार्वजनिक भएसँगै आयोगले पुस ११ गतेका लागि अन्र्तवार्ताको मिति पनि तय गरेको छ । नतिजामा चित्त नबुझेमा मंसिर १९ गते सम्म पुर्नयोगको आवेदन भर्न सकिने आयोगले जनाएको छ ।

Advertisement

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । जसमा  प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया