सिहंदरबारमा खुल्यो हेल्थ डेस्क, वीर अस्पतालबाट खटिए स्वास्थ्यकर्मी

विदुर खबर २०७४ फागुन १५ गते १०:४१

१५ फागुन, काठमाडौं । सिंहदरबारमा कार्यरत कर्मचारीलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले सोमबारदेखि सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

Advertisement

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयको तीनवटा कोठामा सञ्चालित हेल्थ डेस्कको मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले उद्घाटन गरे ।

मुख्य सचिव रेग्मीले सरकारको केन्द्रीय सचिवालय सिंहदरबारमा कार्यरत कर्मचारी र सेवाग्राहीका लागि उपचार केन्द्रद्य आवश्यक रहेको बताए ।

Advertisement

उनले भने, ‘सरकारको केन्द्रीय सचिवालयसमेत रहेको सिंहदरबारमा ठूलो संख्यामा जनशक्ति कार्यरत छ । यहाँ सेवाग्राहीको आवगमन पनि धेरै हुने गरेको छ । यस्तो महत्वपूर्ण ठाउँमा मानिसहरुलाई जुनसकै बेला पनि स्वास्थ्य सम्बन्धि समस्या आइपर्न सक्छ, त्यसैले हेल्थ डेस्क सञ्चालन गरेका हौं ।’

हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको ठाउँमा हेल्थ डेस्क सञ्चालन गरे पनि केही समयपछि सुविधा सम्पन्न फ्ल्याटमा सर्ने उनले बताए ।

Advertisement

हेल्थ डेस्कले प्राथमिक स्वास्थ्य उपचार र औषधी सेवा दिनेछ ।  हेल्थ डेस्कमा आवश्यक जनशक्ति वीर अस्पतालबाट आउनेछन् । पूर्वाधारको व्यवस्था स्वास्थ्य सेवा विभागले गरेको छ ।

हेल्थ डेस्कमा एक चिकित्सक, एक नर्स र प्यारामेडिस्क रहनेछन् । प्रत्येक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने हेल्थ डेस्कबाट सिंहदरबारभित्र कार्यरत झण्डै ७ हजार कर्मचारी लाभान्वित हुनेछन् ।

‘अब सिंहदरबारमा कार्यरत कर्मचारीले स्वास्थ्य परिक्षणका लागि बाहिर जानुपर्दैन । वीर अस्पतालले आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन समेत गरिसकेको छ’ वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अनलाइनखबरसँग भने । त्यहाँ उपचार हुन नसकेका विरामीलाई वीर अस्पतालमा रेफर गरिनेछ ।

छैटौ, स्वास्थ्य सेवा दिवस-०७४को अवसर पारी स्वास्थय मन्त्रालयले मंगलबारबाट उक्त हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया