इन्धनमा सरकार कै कालो बजारी, प्रतिब्यारेल २० डलर अन्तर हुँदा पनि नेपालमा घटेन मूल्य
नेपाल आयल निगमले पछिल्लो पटक इन्धन मूल्य समायोजन गरेको दिन (मूल्य बढाएको) २०७५ असोज १ गते अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर ५ सेन्ट थियो ।
यो समाचार तयार गर्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५९ डलर ६५ सेन्ट छ ।
इरानीमाथी अमेरिकी नाकाबन्दी र विश्व बजारमा मागको तुलनामा उत्पादन वृद्धिले कच्चा तेलको मूल्य पछिल्लो एक महिनादेखि निरन्तर ओरालो गतिमा छ ।
गत शुक्रबार कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्य यो वर्ष कै न्युन बिन्दुमा झरेको थियो । बेलायती पत्रिका द गार्जियनका अनुसार पछिल्लो ५२ हप्ताकै न्युन प्रतिब्यारेल ५९ डलर २६ सेन्टमा कच्चा तेलको अन्तर्राष्ट्रिय कारोबार गत शुक्रबार भएको थियो । अहिले सोहि पेरिफेरिमा तेलको मूल्य कायम छ ।
अन्तर्राष्ट्रिय बजार मूल्यलाई हेर्दा नेपाल आयल निगमले डलरमा इन्धन खरिद गर्ने मूल्य पछिल्लो महिना भारी अन्तरले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ८०.०५ डलर बाट इन्धनको मूल्य घटेर ५९ डलर ६५ सेन्टमा आई पुग्दा नेपालमा इन्धनको मूल्य घट्ने कुनै संकेत देखिएको छैन् ।
नेपालमा इन्धनको मूल्य बढाईदाकाे समय भन्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य २०.०४ डलरले सस्तो बनेको छ । भारतीय आयल निगमबाट नेपाल आयल निगमले घटेकै मूल्य अनुसार इन्धन खरिद गरको छ । तर नेपाली उपभोक्ता निगमसँग ८०.०५ डलरै भाउमा इन्धन खरिद गर्न बाध्य छन् ।
इन्धनको मूल्य तत्काल घट्नु पर्छ: उपभोक्ता अधिकारकर्मी
अन्तर्राष्ट्रिय बजारमा घटेको मुल्य अनुसार नेपालमा इन्धनको मूल्य नघटेको भन्दै उपभोक्ता अधिकारकर्मीले निगम र सरकार विरुद्ध आक्रोश पोखेका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले सरकार र आयल निगमको नाफामुखी व्यवहार सर्वत्र निन्दाको विषय भएको टिप्पणी आफ्नो फेसबुकमा लेखेका छन् । अन्तर्राष्ट्रिय बजारमा भारी अन्तरले मूल्य घट्दा नेपालमा इन्धनको मूल्य नघटाईनु दु:खद रहेको भन्दै महर्जनले तत्काल इन्धनको मूल्य समायोजन हुनुपर्ने माग गरे ।
यस्तै उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल्सिनाले तत्काल इन्धनको मूल्य समायोजन गर्न निगम र सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल २० डलर भन्दा धेरैले मूल्य घट्दा नेपालमा इन्धनको मूल्य समायोजन नगर्नु उपभोक्तामाथि चरम अन्याय भएको भन्दै निगम र सरकारले नै कालो जारी गर्नु निन्दनीय भएको बताए ।
स्व:चालित मूल्य समायोजन प्रणाली अनुसार भारतमा पछिल्लो महिना हरेक दिन जसो तेलको मूल्य घटिरहेको छ । तर भारतसंगै तेल खरिद गरेर नेपाली उपभोकक्तालाई बिक्री गर्ने नेपाल आयल निगम भने सञ्चित घाटा घटाउन भन्दै मूल्य समायोजनमा जान इन्कार गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया