मोटोपन घटाउने चक्करमा यस्तो गर्नु निकै खतरनाक

विदुर खबर २०७४ फागुन १५ गते १०:३९

उमेरको हिसाबले शरीरको तौल बढी हुनुलाई मोटोपन भनिन्छ । शरीरको विभिन्न भागमा आवश्यक भन्दा बढी मात्रामा बोसो हुनु नै मोटोपनको लक्षण हो । विश्वमा अहिले बढी मात्रामा मानिसहरू आफ्नो शरीरको मोटोपनले ग्रसित देखिन्छ ।

Advertisement

बढी व्यस्तताका तथा आफ्नो दिनचर्यामा बढी ध्यान नदिएको कारणले गर्दा यो समस्या देखिएको छ । बजारमा सजिलै उपलब्ध हुने फाष्ट फुडको बढी सेवन र नियमित व्यायामको अभावका कारण मानिस दिनानुदिन मोटोपनको समस्याले गम्भीर देखिएको छ ।

नेपालमा पनि मोटोपनको समस्या दिनानुदिन बढ्दै गइरहेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा उल्लेख भएअनुसार नेपालमा अहिले ३९ प्रतिशत नेपालीमा मोटोपनको समस्या देखिएको छ । जसमा पुरुषको तुलनामा महिलाको संख्या बढि रहेको सर्वेक्षणले जनाएको छ । २२ प्रतिशत महिलामा यो समस्या देखाईएको छ भने १७ प्रतिशत पुरुष यो समस्या देखिन्छ ।

Advertisement

मोटोपनले शरीरलाई भद्दा देखाउनुका साथसाथै यसले स्वास्थ्यमा पनि उत्तिकै असर पुर्‍याईरहेको हुन्छ । बढ्दै गएको तौल अथवा मोटोपन घटाउने बहानामा मानिसहरू भोकै बस्ने अथवा कम खाने पनि गर्दछ ।

जसले स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराउँदछ । मोटोपन घटाउन मानिसहरू डाक्टरको परामर्श विना वा कसैको लहलहैमा लागेर सजिलै मोटोपन घटाउन सर्जरी गर्ने गर्दछ, जुन स्वास्थ्यमा निकै हानिकारक हुन सक्छ ।

Advertisement

व्यस्तताका कारण वा कम समयमा आफनो मोटोपन घटाउन मानिसहरू शल्य चिकित्सा विधि पनि अपनाएको हुन्छ । जसलाई लिपोसक्शन भनिन्छ । यो एक किसिमको कस्मेटिक सर्जरीकै एक तरिका हो । यसलाई लिपोप्लास्टी पनि भनिन्छ । यो विधि विशेष गरी अमेरिका र वि्रटेनमा गरिने सर्जरी हो ।

प्रत्येक वर्ष ४ लाख भन्दा पनि बढीले यो विधिद्धारा आफ्नो मोटोपन घटाएको हुन्छ । लिपोसक्शन प्रक्रियामा चिकित्सकहरू शरीरमा भएको बोसोलाई सानो छिद्र बनाई आधुनिक उपकरणको सहायताले अतिरिक्त बोसो निकालेर फालेको हुन्छ । विशेष गरी यो तिघ्रा, पेट, गर्दन, छाती र कम्मर तथा शरीरको विभिन्न भागमा मोटोपन घटाउन प्रयोग गरिन्छ । लिपोसक्शनबाट तपाईको मोटोपन कति मात्रामा घट्यो भन्ने कुरा तपाईको मोटोपनमा भर पर्दछ । तर यो विधि स्थायी भने हुँदैन । कहिले काही सर्जरी गरिएको घाउबाट रगत बढी मात्रामा बग्ने गर्दछ । त्यसैल यो विधि अपनाउन प्लाष्टिक सर्जनसँग उचित परामर्श लिएर मात्र गर्दा उपयुक्त हुन्छ ।

विश्वमा केही डाक्टरहरू यो विधिलाई लिएर अलि गम्भीर देखिन्छ । सकेसम्म यो विधिद्धारा आफ्नो मोटोपन घटाउने कोशिस नर्गुनै बेश । डाक्टरको कथनानुसार लिपोसक्शनको कारणले ग्लोब्यूल्स फोक्सोमा प्रवेश हुन सक्छ । बि्रतानी शहर बर्मिघमका डाक्टरले यो विधि प्रयोग गर्दा एक महिला गम्भीर देखियो ।

४५ वर्षकी उक्त महिलाको खुट्टाको मोटोपन कम गर्न लिपोसक्शन गरेको थियो । लिपोसक्शन गर्नु भन्दा पहिले उसले ग्याष्ट्रिकको पनि अपरेशन गरेको थियो र त्यो महिला सामान्य भन्दा अलि मोटी पनि थियो । लिपोसक्शन गरेको ३६ घण्टा पछि उसको स्वास्थ्य स्थिति गम्भीर देखियो ।

श्वास फेर्न कठिन भएको कारणले गर्दा उसलाई आईसीयूमा भर्ना गरियो । डाक्टरको तुरुन्तै उपचारले उसको ज्यान बचाइयो र ३ हप्ता पछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

बीएमजेको रिपोर्ट अनुसार लिपोसक्शन बि्रटेनमा तीब्र रुपमा फैलिएको रोग हो जुन खतारनाक छ । सैडवेल र पुर्वी बर्मिघमका आईसीयू यूनिटका डाक्टर अदम अलीको भनाइ अनुसार- ‘यो भन्दा पहिला बि्रटेनमा फैट इंबोलिज्म सिंड्रोम (एर्फइएस) को केही समस्या देखिएको थिएन तर यो हुन सक्ने सम्भावनालाई भने नकार्न सकिन्न ।

रिपोर्टको अनुसार एर्फइएसको पहिचान र उपचार निकै चुनौती पुर्ण कार्य हो किनकि यसको लक्षण सामान्य र कम हुने गर्दछ । खासगरी लिपोसक्शनद्धारा शरीरको त्यो भागबाट मोटोपन घटाउन खोजेको हुन्छ जसलाई त्यहाबाट शिफ्ट गर्न सकिदैन । जस्तै तिघ्रा, हिप र पेट । यो तरिका सबैभन्दा बढी त्यसलाई फाइदा हुन्छ जस्को शरीर टाइट र तौल सामान्य हुन्छ । तर लिपोसक्शनको साइड इफेक्टका कारण यसले स्वास्थ्यमा गम्भीर समस्या पनि उत्पन्न गर्न सकिन्छ ।

प्रतिक्रिया