माथिल्लो तामाकोशीको आइपीओ मंगलबार बाँडफाँट हुने,कति कित्ता पर्ला ?
नुवाकोट,माथिल्लो तामाकोशीको आइपीओ मंगलबार (मंसिर ११ गते) बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीका अनुसार आगामी मंगलबार बाँडफाँट गर्ने निश्चित भएको हो । तामाकोशीको आइपीओमा थुप्रैले दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही विलम्ब हुन गएको बिक्री प्रबन्धकको भनाई छ । अहिलेसम्मको तथ्यांक भेरिफाई गर्दा करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएको भेटिएको छ । यो तथ्यांकमा पनि सामान्य तलमाथि हुन सक्ने बिक्री प्रबन्धकको भनाई छ । यसअघि सुरुवाती छानबिनमा करिब १२ हजार जतिले दोहोर्याएर आवेदन दिएको आशंका गरिएको थियो । यसमा न्यूनतम पनि ४० कित्ता सबैले सेयर पाउने प्रारम्भिक अनुमान गरिएको छ ।
कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । यसरी सेयर पाइसकेका मध्ये केहीले पुनः दोहोर्याएर भरेपछि छानबिन गर्नुपरेको हो । माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो । सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो । यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि सेयर भरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस





प्रतिक्रिया