ब्रोकरको लाइसेन्स लिने प्रक्रियामा अघि बढ्यो सानिमा बैंक

विदुर खबर २०७५ मंसिर ६ गते ३:३३

काठमाडौं,नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमा व्यवस्था गरिएअनुरुप बैंकले सहायक कम्पनीमार्फत् शेयर ब्रोकेजको लाइसेन्स लिने प्रक्रियामा सानिमा बैंक अघि बढेको छ । उक्त कार्यका लागि बैंकले आगामी वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको हो ।

Advertisement

सानिमा बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २८ गते बिहीबारको दिन राष्ट्रिय सभाको हलमा बस्ने गरी साधारणसभा बोलाइएको छ । उक्त दिन बस्ने साधारणसभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै दुई सञ्चालकको नियुक्ति समेत गर्नेछ । त्यस्तै, बैंकको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गर्ने लगायतका प्रस्तावहरु साधारण प्रस्तावअन्तर्गत साधारणसभामा पेश गर्नेछ ।

प्रतिक्रिया