शेयर बजार सामान्य अङ्कले वृद्धि
नुवाकोट,शेयर बजार आज सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक बिन्दुले बढेर आज एक हजार १८२ दशमलव ७४ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव ३५ बिन्दुले बढेर २५१ दशमलव ४६ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५१ कम्पनीको आठ लाख ५२ हजार ७६८ कित्ता शेयर रु २६ करोड ८८ लाख ८४ हजार २७२ मूल्यमा खरीद बिक्री भएको हो । कारोवार भएका कूल दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ ।
बैंकिङ १ दशमलव २२, विकास बैंक ८ दशमलव १३, वित्त शून्य दशमलव ९५, अन्य दुई दशमलव २७, जीवन बीमा ३० दशमलव ६५ बिन्दुले बढेको छ । यस्तै होटल २२ दशमलव ९३, जलविद्युत् ११ दशमलव ८७, निर्जीवन बीमा ७ दशमलव ४, उत्पादन ९ दशमलव ३४ र माइक्रोफाइनान्स शून्य दशमलव ८५ बिन्दुले घटेको छ । सामान्य अङ्कले वृद्धि भएको बजारमा साङ्ग्रिला विकास बैंक, साइन रेसुङ्गा विकास बैंक र नवील समृद्धि फण्ड एकका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनी, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, हिमालय पावर पार्टनर कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया