हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
विदुर खबर
२०८३ असार १९ गते १०:३९
नुवाकोट । नुवाकोटको हिरारत्न हाइड्रोपावर प्राइभेट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।



यो कम्पनी निजी जलविद्युत विकास कम्पनी हो । यस कम्पनीले नुवाकोटमा ५ मेगावाट क्षमताको तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया