पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा पत्रकार रामहरि गजुरेलले जिम्मेवारी सम्हालेका छन् ।

विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील गजुरेलले आगामी डेढ वर्षका लागि महासंघ जिल्ला शाखालाई हाँक्नेगरी आज सदरमुकाम विदुरस्थित कार्यालयमा पदभार लिएका हुन् । तीन वर्षे कार्यकालका लागि डेढ वर्षअघि भएको महासंघको निर्वाचनमा दुईवटा टिमबीच चुनावी प्रतिष्पर्धा भएकोमा अध्यक्षमा भने दुवै उम्मेद्वारको बराबर मत आएपछि विद्यानमा व्यवस्था भएअनुसार आधा/आधा कार्यकाल नेतृत्व गर्नेगरी बाँडफाँडको सहमति गरिएको थियो ।
जसअनुसार प्रतिष्पर्धी उम्मेद्वार नमराज सुवेदीको डेढवर्र्षे पहिलो नेतृत्व अवधि समाप्ति भएसँगै गजुरेलले आफ्नो बाँकी समयको कार्यकालका लागि नेतृत्व सम्हालेका हुन् ।
१२ वर्षअघि महासंघ नुवाकोटमा पदाधिकारीमा निर्वाचित भएका उनले महासंघको बागमति प्रदेशका संस्थापकमध्येका एक हुन् । जहाँ दुई कार्यकाल प्रदेश समितिको जिम्मेवारीको अनुभव हुनुका साथै प्रेस सेन्टर नेपालको तीन कार्यकाल करिब ११ वर्ष नुवाकोटको नेतृत्व गरिसकेका छन् ।
पदभार ग्रहण गर्दै उनले लोकतन्त्र र नागरिक स्वतन्त्रताका निम्ति लड्दै आएका श्रमजीवी पत्रकार र सञ्चारमाध्यामको हकहित, प्रेस र अभिव्यक्ति स्वतन्त्रताका साथै जनताको सुसुचित हुन पाउने मौलिक अधिकारका निम्ति संघर्ष गरिराख्ने प्रतिबद्धता व्यक्त गरे ।
‘नागरिक सरकार भनिएको अहिलेको राज्यसत्ताले गणतान्त्रिक शासन व्यवस्थामा पनि स्वतन्त्रता र न्यायको पक्षमा खबरदारी गर्ने दायित्व बोकेको सिंगो नेपाली प्रेस जगतमाथी अंकुश लगाउने षड्यन्त्रका विरुद्ध हामी अझैं लड्नुपर्नेछ’, अध्यक्ष गजुरेलले पत्रकारहरुसँग लोकतान्त्रिक व्यवस्थाबिरोधि कार्यविरुद्ध निडरताका साथ खबरदारी गर्न अपिल गरे ।
यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमतीका सदस्य सुनिल विष्ट, संस्थापक सदस्य शर्मिला उप्रेती लगायतले पछिल्लो समय राज्यतहबाटै प्रेस र अभिव्यक्ति स्वतन्त्रता मासिने खतरा बढ्दै गएकोले यसको रक्षार्थ पत्रकार महासंघको भूमिका अझ बढेर गएको विचार व्यक्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी
अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को





प्रतिक्रिया