बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
नुवाकोट । नुवाकोट,रसुवा र धादिङकै सबैभन्दा पुरानो ऐतिहासिक नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा एकैदिन दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

वि.सं. २०४२ सालमा स्थापित यस क्याम्पसको नयाँ शैक्षिक भवनको शिलान्यास तथा छात्रवृत्ति वितरण कार्यक्रम बुधवार एक विशेष समारोहका बीच सम्पन्न भएको हो । क्याम्पस स्थापना कालमा अतुलनीय योगदान पु¥याउनुहुने स्वर्गीय संस्थापक तथा पूर्व अध्यक्ष विष्णु बहादुर आचार्यको स्मृतिमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, लगनशीलता र पारिवारिक अवस्थालाई सम्मान गर्दै छात्रवृत्ति वितरण गरिएको छ भने क्याम्पसको भौतिक पूर्वाधार विकासका लागि नयाँ भवनको शिलान्यास गरिएको छ।
कार्यक्रममा विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले दुवै कार्यले शिक्षाको गुणस्तर सुधार र समृद्ध समाज निर्माणको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । नगर प्रमुखले श्रेष्ठले नुवाकोट आदर्श बहुमुखी क्याम्पसले हजारौँ दक्ष जनशक्ति उत्पादन गरेर देशका विभिन्न उच्च ओहोदामा पु¥याएको बताए ।

उनले क्याम्पसकाे भौतिक पूर्वाधार बिना प्रविधिमैत्री र आधुनिक शिक्षा सम्भव नभएको उल्लेख गर्दै नयाँ भवन निर्माणसँगै क्याम्पसको शैक्षिक वातावरण थप उत्कृष्ट बन्ने र यसले अनुसन्धानमूलक शिक्षामा जोड दिने विश्वास व्यक्त गरे । नगरप्रमुख श्रेष्ठले आजको युग प्रतिस्पर्धात्मक, वैज्ञानिक र प्रविधिको युग भएको चर्चा गर्दै बदलिँदो समय अनुसारका बिषयहरु सूचना प्रविधि तथा प्राविधिक बिषयहरुलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यत्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले पूर्व अध्यक्ष एवं संस्थापक बिष्णु बहादुर आचार्यको समाजमा तथा क्याम्पसको योगदानको स्मरण मुक्तकण्ठले प्रशांसा गरे । उनले योगदान गर्ने ब्यक्तिलाई जहिले पनि क्याम्पसले सम्झिरहने बताए । श्रेष्ठले क्याम्पसका संस्थापकहरु शिव प्रसाद गजुरेल लगायत संस्थापकहरुले क्याम्पसलाई पुर्याएको योगदानको चर्चा समेत गरे ।


श्रेष्ठले क्याम्पसको भौतिक तथा शैक्षिक योगदान पुर्याउनु हुने बिदुर नगरपालिका, विश्वबिद्यालय अनुदान आयोग तथा सम्पूर्ण दाताहरुलाई धन्यबाद दिदै तथा आगामी दिनमा थप सहयोगको अपेक्षा समेत गरे । अध्यक्ष श्रेष्ठले बदलिँदो समयअनुसार चल्न सम्पूर्ण प्राध्यापकहरुलाई आग्रह गरे । आधुनिक प्रविधि, अनुसन्धान र नवीनतम ज्ञानमा अब्बल बन्न प्राध्यापकहरूले आफूलाई निरन्तर अपडेट गरी खरो रूपमा उत्रिन समेत अाग्रह गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख गोविन्द लिम्बु, संचालक समितिका सदस्यहरु ध्रुुव ढकाल, रामहरी घिमिरे, प्रकाशचन्द्र ढुंगाना, बिन्दा अर्याल, छत्रराज डंगोल, पूर्व क्याम्पस नारायणमान डंगोल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा २७ जना बिद्यार्थीहरुलाई दुईलाख १३ हजार सात रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा अहिले मानबिकि, शिक्षाशास्त्र र ब्यवस्थापन संकाय तथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करीब १५ सय बिद्यार्थीहरु अध्ययनरत छन् ।

क्याम्पसबाट करीव ७ हजार बिद्यार्थीहरुले ग्राजुएट हासिल गरी देश तथा बिदेशको बिभिन्न क्षेत्रमा उच्च ओहदामा आशिन हुन पुगेको छन्र । क्याम्पसकाे कक्षा ११ मा यसै शैक्षिक सत्रबाट होटल म्यानेजमेन्ट बिषय सञ्चालन हुदैछ भने स्नातक तहमा बि एड आई सि.टि, बिबिए लगायतका नयाँ बिषय थप गर्ने प्रक्रियमा रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया