नुवाकोटको विदुरबाट दुई जना लागु औषधसहित पक्राउ

विदुर खबर २०८२ चैत १६ गते २१:३१

नुवाकोट । नुवाकोटको विदुरबाट दुईजना लागु औषधसहित पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विदुर नगरपालिका वडा नम्बर २ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विदुर ५ का कृष्णप्रसाद पाण्डे र विदुर ९ कोलनीका विजय पौडेल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट लागु औषधसहित पक्राउ गरेको हो ।

Advertisement

उनीहरुलाई जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।

उनीहरुको साथबाट नगद १९ हजार ७ सय रुपैयाँ समेत बरामद गरिएको छ ।

Advertisement

प्रतिक्रिया