हाम्रो समाचारको प्रभाव,गेर्खु जाने बसको भाडा घट्यो
नुवाकोट,गेर्खु जाने वसले भाडा घटाउन बाध्य भएको हो ।
जिल्ला प्रहरी कार्यलयमा वडा नं १० का वडा अध्यक्ष गणेशकुमार नेपाल, ११ वडाअध्यक्ष तोयानाथ तिमिल्सीना सहित वसका धनी र पासाङल्हामु यातायातका पदाधिकारीसहित बसेको बैठकले भाडा घटाउने विषयमा सहमति गरेको छ । सहमति अनुसार साविकको गाविससम्म ५० रुपैयाँ भाडा तोकिएको छ ।
अब सो बसबाट अन्तिम विन्दुमा एकसय रुपैयामा पुग्न सकिने भएको छ । अहिले भाडा घटेको नौटंकी गरेपनि बसले लिएको भाडा अझै अन्य स्थानको तुलनामाभन्दा २० प्रतिशतबढी रहेको स्थानियबासीहरुले बताएका छन । भाडा केही रुपैयाँ घटेपनि बसको सिन्डीकेट हट्नुपर्नै र अन्य बससमेत चल्नदिनुपर्ने माग स्थानियबासीले माग गरेका छन । यसअघि गेर्खु–चोगते मोटरबाटो अन्तरगत गुड्ने बा १ ख ६३४९ नम्बरको जिर्ण पुरानो बसले मनलाग्दी भाडा असुलेको भन्दै स्थानियबासीले प्रहरी प्रशासनमा गुनासो गर्दा समेत सुनुवाई नभएको भन्दै स्थानिबासीले विदुरखबरलाई समाचार बनाइदिन अनुरोध गरेका थिए ।
जिर्ण रहेको बसले दैनिक क्षमताभन्दा बढी यात्रु ओर्सादा समेत सिमुटारमा रहेको प्रहरी समेत मौन देखिएका छन । दैनिक दुई पटक ओहोरदोहर गर्ने सो बसलाई प्हरीले समेत वास्ता नगर्नु चिन्ताको विषय रहेको सरोकारवालाहरु बताउँछन । बसले यात्रुसँगै दैनिक निर्माण समाग्री सिमेन्ट जस्ता लगायत सामान समेत ओसार्ने गरेको छ । केही वर्षअघिदेखि काठमाण्डौबाट सिधै गेर्खुमा बस आउने गरेकोमा सो बस चल्न थालेपछि उक्त बस बन्द गरिएको थियो । सो बसका संचालकका लाई पासाङल्हामु यातायातका सदस्य रहेको र अन्य बस आएमा चल्न नदिने अवरोध गरेको कालिका विद्यालयका एक शिक्षकले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया