नुवाकोटको विकासलाई पूर्णता दिन जनताको साथ चाहिएको छ : तामाङ
नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका पूर्वमन्त्री हितबहादुर तामाङले जिल्लाको अधुरा विकासलाई पूर्णता दिन आफूलाई जनताको भरोसा चाहिएको बताएका छन् ।

शनिबार छहरेमा आयोजित पत्रकार भेटघाटमा बोल्दै निर्वतमान सांसद रहेका तामाङले नुवाकोटको अधुरो विकासलाई पूर्णता दिन र जनताको सुख-दुःखको साक्षी बन्न फेरि उम्मेदवार बनेको बताएका हुन् ।
‘म केवल चुनाव जित्नका लागि मात्र यहाँ आएको होइन, नुवाकोटको अधुरो विकासलाई पूर्णता दिन र जनताको सुख-दुःखको साक्षी बन्न फेरि तपाईंहरूको आँगनमा आइपुगेको छु,’ पूर्वमन्त्री तामाङले भने, ‘मलाई यो पटक पद होइन, तपाईंहरूको त्यो भरोसा चाहिएको छ जसले अधुरा योजनाहरूलाई पूर्णता दिन शक्ति प्रदान गरोस् ।’
तामाङले आफ्नो चुनावी एजेन्डामा कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए । विशेषगरी छहरे क्षेत्रलाई व्यापारिक केन्द्रको रूपमा विकास गर्ने र गाउँ-गाउँमा स्वास्थ्य र शिक्षाको पहुँच पुर्याउने उनको संकल्प छ ।
विगत केही दिनदेखि जारी ‘जनताको घरदैलो’ अभियानअन्तर्गत तामाङले लिखु गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद र टोल भेला सम्पन्न गरेका छन् । अभियानमा नेकपाका स्थानीय नेता, कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नुवाकोट-१ बाट दुईपटक प्रतिनिधिसभा सदस्यमा लगातार निर्वाचित तामाङ पाँचौंपटक निर्वाचन मैदानमा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ : कुलमान
रास्वपा परित्याग गर्दै सुमन पाण्डे
नुवाकोटको विकासलाई पूर्णता दिन जनताको साथ चाहिएको छ : तामाङ
नुवाकोटमा रास्वपा छाड्ने बढ्दै, आचार्यले दिए राजीनामा
बट्टारको सुकुमबासी टोलमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला





प्रतिक्रिया