रसुवामा ट्राफिक कारबाही तीव्र, ४ सय ७३ कारबाहीमा
नुवाकोट । यातायात कार्यालय रसुवाको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको केरुङतर्फ लैजान थालेपछि त्यसलाई कानुनी दायरामा ल्याउन ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ ।

गत पुस १७ गतेदेखि मितेरी पुल सञ्चालनमा आएपछि यातायात कार्यालयको अनुमति बिना रसुवा प्रवेश गर्ने कन्टेनर डिब्बाको सङ्ख्या ६५ पुगेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनर चालकलाई जनही रु एक हजारका दरले जरिवाना गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म समग्रमा रसुवा प्रवेश गर्ने सवारीसाधनमध्ये ४७३ कारबाहीमा परेका छन् । कारबाहीपर्नेमा चीनको केरुङ जान र रसुवा घुम्न आएका सवारीसाधनमध्ये १५५ ट्रक, १८६ जिपकार, २७ बस, सात ट्याक्टर र ९८ मोटरसाइकल रहेका छन् ।
गत छ महिनाको अवधिमा ट्राफिक प्रहरीले सवारीसाधन कारबाहीबाट सङ्कलन भएको जरिवाना रकम रू छ लाख ५४ हजार ५०० राजस्वमा दाखिला गरिसकेको जनाएको छ ।
यसै अवधिमा जिल्लामा ५५ सवारी दुर्घटना भएका छन्, भने ती दुर्घटनाबाट ५० जना घाइते भएको ट्राफिक प्रमुख नारायण खड्काले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ
रसुवामा ट्राफिक कारबाही तीव्र, ४ सय ७३ कारबाहीमा
एकैदिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो
नुवाकोटको दुप्चेश्वरमा झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु, दुईजना पक्राउ
रसुवाको उत्तरी भेगमा हिमपात





प्रतिक्रिया