वामदेवको दाबी : यस पटक नेकपाले बहुमत ल्याउँछ
नुवाकोट । नेकपाका नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा नेता गौतमले निर्वाचनमा विजयी भएपछि आफ्नो पार्टीको सरकारले बेरोजगारी समस्याको अन्त्य गर्नेगरी समाजवादको आधार तयार पार्ने समेत बताए ।
हरेक विद्रोहलाई शान्तिमा परिणत हुनेगरी वामपन्थी शक्तिहरूबीचको एकता अभियानलाई आफूहरुले अघि बढाएको पनि गौतमको भनाइ छ ।
‘अब यो विद्रोहलाई पनि शान्ति दिन सक्ने क्षमतासहित हाम्रो पार्टी विकसित भइसकेको छ । हाम्रो पार्टीले यही फागुन २१ गते हुने निर्वाचनमा बहुमत हासिल गर्छ । बहुमत हासिल गर्नसाथ हामीले समाजवादको आधार कसरी सिर्जना हुनेछ भन्ने हामीले गरेर देखाइदिनेछौँ । र कुनै पनि व्यक्ति काम गर्न नपाउने गरी बेरोजगार हुनुपर्ने अवस्था सदाका लागि अन्त्य हुनेछ । सभ्यता र समृद्ध हामीले हासिल गरेर देखाइदिनेछौँ । त्यो ठाउँमा जान हामी तयार भइराखेका छौँ,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया