चुनावी माहोलले सेयर बजारमा उत्साह,१४ अर्बको कारोबार
विदुर खबर
२०८२ माघ ११ गते १६:२०
नुवाकोट । देशभरि चुनावी माहोल तीव्र बन्दै जाँदा सेयर बजारमा समेत त्यसको सकारात्मक प्रभाव देखिएको छ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि अन्त्यसम्म बजार लगातार उकालो लाग्दा लगानीकर्तामा उत्साह देखिएको हो।
नेप्सेमा सूचीकृत २४० कम्पनीको सेयर मूल्य बढेको छ भने करिब १४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकिङ, जलविद्युत्, जीवन बीमा, होटल तथा उत्पादनमूलक समूहमा उल्लेखनीय वृद्धि देखिएको नेप्सेले जनाएको छ।
आगामी निर्वाचनपछि राजनीतिक स्थिरता आउने अपेक्षा र कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुन थालेकाले बजारमा सकारात्मक वातावरण बनेको विश्लेषण गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया