चुनावी माहोलले सेयर बजारमा उत्साह,१४ अर्बको कारोबार
विदुर खबर
२०८२ माघ ११ गते १६:२०
नुवाकोट । देशभरि चुनावी माहोल तीव्र बन्दै जाँदा सेयर बजारमा समेत त्यसको सकारात्मक प्रभाव देखिएको छ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको छ। कारोबार सुरु भएदेखि अन्त्यसम्म बजार लगातार उकालो लाग्दा लगानीकर्तामा उत्साह देखिएको हो।
नेप्सेमा सूचीकृत २४० कम्पनीको सेयर मूल्य बढेको छ भने करिब १४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। बैंकिङ, जलविद्युत्, जीवन बीमा, होटल तथा उत्पादनमूलक समूहमा उल्लेखनीय वृद्धि देखिएको नेप्सेले जनाएको छ।
आगामी निर्वाचनपछि राजनीतिक स्थिरता आउने अपेक्षा र कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुन थालेकाले बजारमा सकारात्मक वातावरण बनेको विश्लेषण गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अण्डाको मूल्य बढ्यो, अब प्रतिक्रेट कति पर्छ ?
राष्ट्रिय सभा निर्वाचन : बागमतीमा ९४ प्रतिशतभन्दा बढी मत खस्यो
सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड
चुनावी माहोलले सेयर बजारमा उत्साह,१४ अर्बको कारोबार
सर्लाही-४ का मतदातालाई पछुतो हुन दिनेछैन : गगन थापा





प्रतिक्रिया