बागमती प्रदेशस्तरीय भलिबल हुने
विदुर खबर
२०८२ माघ ६ गते १०:३६
नुवाकोट । बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महाँकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने भएको छ ।

ललितपुर महाँकाल गाउँपालिकाको सहयोग तथा महाँकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ । प्रतियोगिताका सबै खेल महाँकाल वडा ४ को बाघभैरव प्राविधिक माविको मैदानमा हुनेछ ।
विजेताले एक लाख ५० हजार ५५, उपविजेताले ७५ हजार ५५५ र तेस्रो हुनेले ३५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० खेलाडी रहनेछन् ।
त्यसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका दुई खेलाडी समावेश गर्न पाउनेछन् । महाँकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए । खुला छनोट माघ १६ देखि १८ सम्म हुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया