कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने
विदुर खबर
२०८२ माघ ६ गते १०:३१
नुवाकोट । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले भाग नलिने जानकारी दिएका हुन् ।
देउवाले चुनाव लड्न डडेल्धुराबाट टिकट माग गरे पनि कांग्रेसले टिकट दिएको थिएन । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ (आज)गते मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए । उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया