सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो
विदुर खबर
२०८२ पुष ७ गते ११:२५
नुवाकोट । स्थानिय बजारमा सुनको भाउ ऐतिहासिक उचाईमा पुगृकाृ छ । सोमबारको कारोबारमा सुनको भाउ बढेसँगै मूल्यले नयाँ उचाई चुमेको हो ।

आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको छ ।
यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यसअघि गत मंसिर २९ गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउले पनि रेकर्ड बनाएको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया