एमालेमा नेतृत्वका लागि मतदान हुँदै
नुवाकोट । नेकपा एमालेको नेतृत्व चयनको लागि आज मतदान हुँदैछ।

मंगलबार राति विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि मतदान स्थगित भएको थियो । आज बिहानदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।
एमालेको यो एघारौँ महाधिवेशनमा नेतृत्व चयनका लागि रस्साकस्सी पनि छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तीव्र छ। दुवै पक्षले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
तर सबैको चासो यसपटक एमालेको नेतृत्वमा कसले बाजी मार्ला भन्ने चासो छ । एमालेको नेतृत्व चयनका लागि एमाले प्रतिनिधिहरू पनि विभाजित भएका छन्। केही प्रतिनिधिहरु प्यानलमै भोट हाल्ने पक्षमा छन् भने अधिकांश प्रतिनिधिहरूको मनस्थिति अलि फरक देखिन्छ । उनीहरु एमालेको एकता कायम गर्नको लागि मिश्रित नेतृत्व आउनुपर्ने पक्षमा खुलेका छन् ।
उनीहरूले दुवै पक्षका राम्रा उम्मेदवारहरू छानेर जिताए एमाले बलियो र गतिशील हुने बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूको मनस्थिति हेर्दा यसपटकको निर्वाचनमा पदाधिकारी र केन्द्रीय सदस्यको छनोट मिश्रित हुने सम्भावना बढी देखिएको छ । ओली र पोखरेल प्यानलबीच हुने प्रतिस्पर्धाका उम्मेदवारहरु विगतमा पार्टी जीवनमा लामो काम गरेका र योगदान गरेका नेताहरु छन् ।
महाधिवेशन प्रतिनिधिहरूको भनाइ अनुसार उम्मेदवार भएका नेताहरू एमालेकै पार्टी जीवनमा लामो समय काम गरेको र यसपटकको नेतृत्व चयनमा सन्तुलित उम्मेदवार हुनुपर्ने पक्षमा देखेका छन् यद्यपि दुवै पक्षले माथिदेखि तलसम्म प्यानलमा विजय गराउने कसरत भने जारी राखेका छन् !
खासगरी ईश्वर पोखरेल पक्षले संस्थापन पक्षमा उम्मेदवार हुन नपाएका नेताहरूको मनस्थितिमा खेलेर आफ्नो पक्षमा परिणाम पार्ने कसरत गरिरहेका छन् भने संस्थापन पक्षले आगामी दिनमा व्यवस्थापन गर्न असन्तुष्ट नेताहरुलाई फकाइरहेका छन् ।
यसपटकको एमालेको महाधिवेशन नवौं महाधिवेशनमा जस्तै देखिएको छ । नवौं महाधिवेशनमा अहिलेका अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए । त्यतिबेला ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए भने निर्वाचन परिणाम मिश्रित आएको थियो र दुवै पक्षका उम्मेदवारहरूले पदाधिकारीदेखि केन्द्रीय कमिटीमा जितेका थिए ।
यसपटक पनि धेरै महाधिवेशन प्रतिनिधिहरुले मिश्रित परिणाम आउने आकलन गर्दै मतदान गर्ने मनस्थिति बनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी





प्रतिक्रिया