नुवाकोटको सूर्यकुण्ड हाइड्रोले सेयर निष्कासन गर्दै
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीस्थित माथिल्लो तादीखोला निर्माण भइरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले साधारण सेयर निष्कासन गर्ने भएको छ।

सूर्यकुण्डले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

अपि पावर कम्पनीको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले नुवाकोटको घ्याङफेदीस्थित माथिल्लो तादीखोलाको पानी सदुपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
यस संस्थामा संलग्नसमूहद्वारा प्रवद्र्धित कम्पनीहरूबाट हालसम्म १०० मेगावाटभन्दा बढी विद्युत् तथा सौर्य ऊर्जा उत्पादन गरी राष्ट्रको उर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी
नुवाकोट १ डा. महतको नाम सर्वसम्मत सिफारिस
रवि –छविको सहकारी ठगी मुद्दा फेरि स्थगित
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले सेयर निष्कासन गर्दै 





प्रतिक्रिया