बलत्कार गरेको आरोपमा पन्चकन्या गाउँपालिकाका पडिण्त प्रहरी खोरमा

विदुर खबर २०७५ कार्तिक २६ गते ११:१८

नुवाकोट कार्तिक २६, बलत्कार गरेको आरोपमा पन्चकन्या गाउँपालिकाका नवराज पण्डितलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले पक्राउ गरी अनुसन्धान थालेको छ ।

Advertisement

घरमा कोही नभएको समयमा पण्डितले करिव २७ वषिकी अपाङ्ग महिलालाई बलात्कार गरेको नुवाकोट प्रहरीले बताएको छ । पण्डितमाथि कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला  नु नाम गरेकी महिलालाई बलात्कार गरेको अभियोग छ।

घटनाको नौ दिनपछि प्रहरीमा परेको जाहेरीले नवराज पण्डितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले बताए। घरमा आमा घाँस काट्न गएका बेला पण्डितले उत्त महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ।प्रहरीले पडिण्तलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

Advertisement

प्रतिक्रिया