नेकपा पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

विदुर खबर २०८२ मंसिर १२ गते २०:४७

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

Advertisement

शुक्रबार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन् । उनले आफूहरू निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरे ।

आफूहरू उमेरले ७० वर्ष कटेपनि जेन–जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गर्दै संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताए ।

Advertisement

‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौं । हामी जेनजीभन्दा कम खटेका छैनौं । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन,’ उनले भने, ‘यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला । सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

Advertisement

प्रतिक्रिया