ईश्वर पोखरेलले पाए रक्षा मन्त्रालय, प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रहने
विदुर खबर
२०७४ फागुन १४ गते १२:२४
१४ फागुन,काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् ।
अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री बनेका हुन् ।
महासचिव पोखरेलका लागि सातै प्रदेशको विकास समन्वय गर्ने गरी नयाँ मन्त्रालय खडा गर्ने बारेमा समेट छलफल भइरहेको थियो ।
नयाँ संरचना नबनेसम्म पोखरेल रक्षामन्त्री हुनेछन् । २०५१ सालमा तत्कालिन एमालेका महासचिव माधवकुमार नेपाल पनि प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा रक्षा र परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री थिए ।
रक्षामन्त्री अलग्गै रहने प्रणाली एमालेले २०५१ बाट सुरु गरेको हो । त्यसअघि प्रधानमन्त्रीनै रक्षामन्त्री रहने प्रचलन थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया