थापा र शर्माद्वारा देउवाको प्रस्ताव अस्वीकार
नुवाकोट । कांग्रेस सभापति शेरबहादुर देउवाले पुस मसान्तभित्रै १५ औँ महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अघि सारेका छन् ।

त्यस्तो प्रस्तावभित्र तालिका मात्रै ल्याउने तर महाधिवेशन नगराउने नियत देखिएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्वीकार गरेका छन् । महाधिवेशन नगर्ने नियतको कार्यतालिका नभएर केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको निर्णय लिनुपर्ने थापा र शर्माले अडान लिएका छन्।
कात्तिक २८ गते सिंगापुरबाट फर्केलगत्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा शीर्ष नेताहरूसँगको छलफलमा व्यस्त रहेका सभापति देउवाले आफ्ना केही सहयोगीमार्फत् पुस मसान्तभित्रको कार्यतालिकामा सहमति जुटाउने प्रयास गरेका हुन् ।

देउवाले महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको पुस १६–१९ को कार्यतालिका वा मसान्तभित्रको अर्को कार्यतालिकामा सहमति जुटाउन कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्य अनिल रुँगटा मार्फत प्रस्ताव पठाएका थिए । बुधबार दिउँसो त्यसै प्रस्तावको सेरोफेरोमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए । तर, बैठकको पूर्व सन्ध्यामा सहमतिका लागि भइरहेका प्रयासले सार्थकता नपाएपछि बिहीबार बस्ने भनिएको बैठक समेत अन्योल बनेको छ।
महामन्त्री थापा निकट रहेकी केन्द्रीय सदस्य प्रतिमाले विभिन्न सर्त राखेर प्रस्ताव गरेको कार्यतालिकाले महाधिवेशन गराउने नियत नभएको बताइन् । ‘सुरुमा महाधिवेशन गराउन नसकिने गरी विभिन्न शर्तहरू राखेर ल्याइने कार्यतालिकामा सहमति हुन सकिने अवस्था छैन । नियमित भन्दाभन्दै दुई महिना बितिसकेको छ ।
अब निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न नसकिने अवस्था भइसकेकाले विशेष महाधिवेशन नै बोलाउनुपर्छ भन्नेमा महामन्त्रीहरू हुनुहुन्छ,’ गौतमले भनिन्, ‘विशेष बोलाउँदा केन्द्रीय कार्यसमिति आफैले बोलाउँदा राम्रो हुने विकल्प समेत प्रस्तुत गरिएको छ ।’
पुस मसान्तभित्र आउने कार्यतालिकासँगै विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित दर्ता भएको निवेदन फिर्ता लिनुपर्ने, निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन गर्न बन्ने समितिको संयोजक र बहुमत सदस्यहरू संस्थापन पक्षबाट हुनुपर्ने, क्रियाशील सदस्यता वितरण समितिमा अरू सदस्यहरू समेत थपिनुपर्नेलगायतका सर्तहरू राखेर ल्याइएका भन्दै महामन्त्री द्वय थापा र शर्माले त्यसलाई अस्वीकार गरेका हुन् ।
संस्थापन पक्षबाट सर्तसहितको प्रस्ताव आएको जानकारी हुनासाथ विशेष महाधिवेशन पक्षधर नेता–कार्यकर्ताले आकस्मिक पत्रकार सम्मेलनमार्फत त्यसलाई अस्वीकार गरेका छन् । समयको चापले नियमित महाधिवेशन गर्ने अवस्था नभएको भन्दै उनीहरूले विशेष महाधिवेशनको विकल्प नभएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













यू–१४ फुटबल प्रतियोगिताको उपाधी अर्किडले उचाल्यो
जेन-जी आन्दोलनको सवा ८० अर्ब रुपैयाँको भौतिक क्षति
बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस
थापा र शर्माद्वारा देउवाको प्रस्ताव अस्वीकार
फेरि ‘वाकयुद्ध’मै उत्रिए ओली दाहाल





प्रतिक्रिया