साधारणसभा सकिएकाे केही घन्टामै शेयरधनीकाे बैंक खातामा लाभांश

विदुर खबर २०८२ कार्तिक ३० गते १९:५०

नुवाकोट । सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा सकिएकाे केही घन्टा भित्रै शेयरधनीकाे बैंक खातामा लाभांश राखिदिएकाे छ ।

Advertisement

बैंकले कात्तिक ३० गते (आजै) भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा गरेकाे थियाे ।

सभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेकाे थियाे ।

Advertisement

त्याे मध्ये कर कटाएर नगद लाभांश शेयरधनीकाे बैंक खातामा राखिदिएकाे हाे ।

प्रतिक्रिया