कांग्रेस प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा नजाने

विदुर खबर २०८२ कार्तिक ३० गते १९:३७

नुवाकोट । नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनामा सहभागी नहुने स्पष्ट पारेको छ।

Advertisement

आइतबार, विघटित प्रतिनिधिसभाका सभामुखसँग नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भेट भएको थियो।

सो भेटमा प्रमुख सचेतक घिमिरेले पार्टीभित्र प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा एकमत नभएको र केही समूह तथा महामन्त्री गगन थापाले पनि यसमा सहमति नदिएको कारण कांग्रेसले पुनर्स्थापनामा जान नचाहेको जानकारी गराएका थिए ।

Advertisement

बैठकपछि, कांग्रेसका नेताहरूले सभामुख घिमिरेलाई पार्टीको निर्णय–प्रतिनिधिसभा पुनर्स्थापनामा नजाने भन्ने जानकारी दिएका छन्।

एमाले प्रमुख सचेतक बर्तौलाले भने भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताएका छन्।

Advertisement

प्रतिक्रिया