आज सुनको भाउ एकैदिन ६ हजार ९ सय रुपैयाँले घट्यो

विदुर खबर २०८२ कार्तिक ३० गते १०:५७

नुवाकोट । आइतबार सुनको भाउ एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको भाउ घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि असोज ३१ गते सुनको भाउ नेपालमा हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।

Advertisement

चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया