सेयर–बजार : नेप्सेमा भिषण पहिरो, फाईनान्स र अन्य बाहेक सबै सुचक घटे

विदुर खबर २०७५ कार्तिक २५ गते १०:१०

काठमाडौं,  साताको पहिलो कारोवार दिन आज आईतबार नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज १७ दसमलव ३१ अंकले घटेर १२ सय पाँच दसमलव २२ अंकमा पुुगेको छ भने सेन्सिटिभ चार दसमलव ११ अंकले घटेर दुुई सय ५५ दसमलव ९८ अंकमा पुुगेको छ ।

Advertisement

एक सय २५ कम्पनीहरुको १४ सय ६५ वटा कारोवारमा तीन लाख १४ हजार दुई सय ९७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम नौ करोड ९४ लाख ५१ हजार ४८ रुपैयाँ पुुगेको छ । आज नौ वटा समुहको कारोवार भएकोमा फाईनान्स र अन्य समुहको सुचक बढेर बाँकी सात वटा समुहको कारोवार सुचक भने उच्च अंकले घटेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव आठ अंकले घटेर एक हजार ५५ दसमलव ९५ अंकमा पुुगेकोमा छ करोड ३३ लाख ९४ हजार छ सय रुपैयाँको कारोवार भएको छ ।

Advertisement

प्रतिक्रिया