पश्चिम नेपालमा भूकम्पको ठूलो धक्का
विदुर खबर
२०७५ कार्तिक २५ गते ८:४१

दार्चुला, सुदुरपश्चिमको दार्चुलामा भूकम्पको धक्का महशुस भएको छ।
आईतबार दिउँसो १२ बजेर ५२ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको हो। भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन्। भारतको पञ्जाब राज्यको खेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । सोही भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महशुस गरिएको हो ।
दार्चुला जिल्ला आसपासको क्षेत्रलाई केन्द्र बनाएर पटक पटक भूकम्प जाने गरेको छ।
सम्बन्धित
प्रतिक्रिया