बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नुवाकोट । बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवको आर्थिक वृद्धि १.५ प्रतिशत विन्दुले बढेको हो । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमतीको आर्थिक वृद्धि ५.२ प्रतिशतको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धि ३.७ प्रतिशत थियो ।
बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृिद्धदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ । आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२, १२.८ र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
गत आवमा बागमती प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ७.५ प्रतिशतले घटेको छ । यस्ता बालीको उत्पादन ६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा वर्षमा कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ भने सोही अवधिमा धान १.१, मकै ५.०, फापर ५.१, गहुँ १८.५ र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको छ ।
गत आवमा तरकारी तथा बागवानीको उत्पादन १६.२ प्रतिशतले बढेको छ । पशुजन्य अन्तर्गत दूध १.२ र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ । अण्डा उत्पादन २.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत आवमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्।
गत आर्थिक वर्षमा यस प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशत छ । अघिल्लो आवमा उद्योगको क्षमता उपयोग औसतमा ४४.३ प्रतिशत रहेको थियो ।
गत आवमा चाउचाउ उद्योगको क्षमता उपयोग सबैभन्दा बढी छ भने लत्ता कपडा मध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.४ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाले गत आवमा संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १०.८४ प्रतिशतले र कर्जा प्रवाह ११.३५ प्रतिशतले वृद्धि भएको छ । २०८२ असार मसान्तसम्म कर्जा निक्षेप अनुपात औसतमा ६९.२७ प्रतिशत रहेको छ । गत आवमा बागमती प्रदेशमा यातायात सवारी दर्ताको सङ्ख्या ४५.२ प्रतिशतले बढेको छ ।
गत आवमा बागमती प्रदेशमा ९०.४२ किलोमिटर नयाँ सडक निर्माण भएको छ भने ग्राभेल र कालोपत्रे सडकको स्तरोन्नति क्रमशः १४८.९३ र ३६२.२३ किलोमिटर छ । सोही वर्षमा ३७ वटा सडक पुल र ७ वटा झोलुंगे पुल निर्माण भएका छन् । पछिल्लो तीन आर्थिक वर्षमा यस प्रदेशमा कुल १२३५.४८ किलोमिटर नयाँ सडक निर्माण भएको छ।
आव २०८१/८२ मा जम्मा १ लाख ३७ हजार ६ सय जना वैदेशिक रोजगारीमा गएका छन् जुन कुल श्रम स्वीकृतिको १६.३९ प्रतिशत रहेको छ । तथ्यांकअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ मा ७ हजार ८ सय ८९ जनाले रोजगारी प्राप्त गरेका छन् ।
गत आवमा बागमती प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड बजेट विनियोजन गरेकोमा कुल विनियोजनको ७३.७९ प्रतिशत अर्थात् ४७ अर्ब ६२ करोड खर्च गरेको छ । २०८२ असार मसान्तसम्म २८ अर्ब ३५ करोड राजस्व संकलन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया