बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नुवाकोट । बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार आएको छ ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवको आर्थिक वृद्धि १.५ प्रतिशत विन्दुले बढेको हो । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमतीको आर्थिक वृद्धि ५.२ प्रतिशतको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धि ३.७ प्रतिशत थियो ।
बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृिद्धदर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ । आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२, १२.८ र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
गत आवमा बागमती प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र ७.५ प्रतिशतले घटेको छ । यस्ता बालीको उत्पादन ६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । प्रमुख खाद्यान्न बालीमध्ये समीक्षा वर्षमा कोदो उत्पादन ५.२ प्रतिशतले बढेको छ भने सोही अवधिमा धान १.१, मकै ५.०, फापर ५.१, गहुँ १८.५ र जौ उत्पादन ३२.६ प्रतिशतले घटेको छ ।
गत आवमा तरकारी तथा बागवानीको उत्पादन १६.२ प्रतिशतले बढेको छ । पशुजन्य अन्तर्गत दूध १.२ र मासु उत्पादन २.९ प्रतिशतले घटेको छ । अण्डा उत्पादन २.७ प्रतिशतले बढेको केन्द्रीय बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत आवमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्।
गत आर्थिक वर्षमा यस प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३८.७ प्रतिशत छ । अघिल्लो आवमा उद्योगको क्षमता उपयोग औसतमा ४४.३ प्रतिशत रहेको थियो ।
गत आवमा चाउचाउ उद्योगको क्षमता उपयोग सबैभन्दा बढी छ भने लत्ता कपडा मध्येको गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा कम छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३६.४ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाले गत आवमा संकलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १०.८४ प्रतिशतले र कर्जा प्रवाह ११.३५ प्रतिशतले वृद्धि भएको छ । २०८२ असार मसान्तसम्म कर्जा निक्षेप अनुपात औसतमा ६९.२७ प्रतिशत रहेको छ । गत आवमा बागमती प्रदेशमा यातायात सवारी दर्ताको सङ्ख्या ४५.२ प्रतिशतले बढेको छ ।
गत आवमा बागमती प्रदेशमा ९०.४२ किलोमिटर नयाँ सडक निर्माण भएको छ भने ग्राभेल र कालोपत्रे सडकको स्तरोन्नति क्रमशः १४८.९३ र ३६२.२३ किलोमिटर छ । सोही वर्षमा ३७ वटा सडक पुल र ७ वटा झोलुंगे पुल निर्माण भएका छन् । पछिल्लो तीन आर्थिक वर्षमा यस प्रदेशमा कुल १२३५.४८ किलोमिटर नयाँ सडक निर्माण भएको छ।
आव २०८१/८२ मा जम्मा १ लाख ३७ हजार ६ सय जना वैदेशिक रोजगारीमा गएका छन् जुन कुल श्रम स्वीकृतिको १६.३९ प्रतिशत रहेको छ । तथ्यांकअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ मा ७ हजार ८ सय ८९ जनाले रोजगारी प्राप्त गरेका छन् ।
गत आवमा बागमती प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड बजेट विनियोजन गरेकोमा कुल विनियोजनको ७३.७९ प्रतिशत अर्थात् ४७ अर्ब ६२ करोड खर्च गरेको छ । २०८२ असार मसान्तसम्म २८ अर्ब ३५ करोड राजस्व संकलन भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया