प्रदेश नं ३ को स्थायी राजधानी र नामकरण छिट्टै टुङ्गो लाग्ने
विदुर खबर
२०७५ कार्तिक २४ गते १४:३२
हेटौँडा, प्रदेश नं ३ का प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण छिटो टुङ्गो लाग्ने जनाएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार तिहार र छठको बिदापश्चात् बस्ने प्रदेशसभा बैठकबाट नामकरण र स्थायी राजधानीको टुङ्गो लाग्ने बताइएको छ । प्रदेशको राजधानी र नामकरणसम्बन्धी गठित आयोगबाट तयार गरिएको प्रतिवेदन प्रदेश सरकारलाई बुझाइ सकिएकाले त्यसबारे अब छिट्टै टुङ्गो लाग्ने जनाएको छ ।
यसैबीच प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशको राजधानी र नामकरण छिट्टै प्रदेशसभा बैठकबाट टुङ्गिने बताउनुभयो । हेटाँैडाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी, व्यवसायी, बुद्धिजीवीले हेटौँडालाई स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया