एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नुवाकोट । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ ।

बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।
बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बुधबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आफ्नो ३१औं वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ ।

सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया