सुनको मूल्यमा भारि वृद्धि, एकैदिन २ हजार ६ सयले बढ्यो
विदुर खबर
२०८२ असोज २२ गते ११:२६
नुवाकोट । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ ।

यस दिन सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले ऐतिहासिक उचाई बनाएको हो । पछिल्लो समय सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको छ ।
यसैगरी, यस दिन चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियाे ।

चाँदीको उक्त मूल्य नै हालसम्मकै उच्च हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया