सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक
नुवाकोट । मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ ।

यस दिन सुन प्रतितोला दुई हजार ३०० रुपैयाँ बढेको छ भने चाँदी ऐतिहासिक उचाईमा पुगेर स्थिर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो । पछिल्लो समय सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको हो ।

यसैगरी, यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको मूल्य सोमबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर खरिदबिक्री हुने भएको हो ।
मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य नै हालसम्मकै उच्च हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया