सुनको मूल्यमा निरन्तर रेकर्ड ब्रेक
नुवाकोट । मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ ।

यस दिन सुन प्रतितोला दुई हजार ३०० रुपैयाँ बढेको छ भने चाँदी ऐतिहासिक उचाईमा पुगेर स्थिर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो । पछिल्लो समय सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड ब्रेक गर्दै बढेको हो ।

यसैगरी, यस दिन चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदीको मूल्य सोमबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर खरिदबिक्री हुने भएको हो ।
मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य नै हालसम्मकै उच्च हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया