सुन तोलाको साढे दुई लाख पुग्न सक्छ : व्यवसायी

नुवाकोट । दसैंलगत्तै खुलेको सुन बजारमा नयाँ–नयाँ कीर्तिमान कायम भएको छ ।

दसैंको बिदा हुनुअघि असोज १२ मा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ तोकेको थियो ।
त्यसपछि दसैंको बिदा भयो । असोज १८ सम्म संघले सुनको मूल्य निर्धारण गरेन । दसैंलगत्तै असोज १९ मा गहना बजार खुल्दा मूल्यले आकाश छोएको छ । सुनको मूल्य एकै दिन ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ कायम भयो ।
दोस्रो दिन अर्थात् असोज २० मा पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । महासंघले आइतबारको तुलनामा सोमबार प्रतितोला २५ सय रुपैयाँ बढाएर २ लाख ३३ हजार १ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य पनि अहिलेसम्मकै कीर्तिमानी हो ।
‘गहना बजार पूरै अस्थिर देखियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली सुन बजार डामाडोल बनेको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले प्रत्यक्ष असर पारेको छ,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने, ‘दसैंमा सुन बिक्री भएन । तिहार नजिकै आइसकेको छ । तर अस्वाभाविक मूल्यवृद्धिले नेपालीले सुन किन्न सक्ने अवस्था रहेन ।’

असोज १२ मा महासंघले सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ ३ हजार ७ सय ६० अमेरिकी डलर थियो । असोज १९ मा आइपुग्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य बढेर ३ हजार ८ सय ८७ अमेरिकी डलर पुग्यो ।
एक सातामा प्रतिऔंस १ सय २७ अमेरिकी डलर बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको उनले जनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया