कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव र अन्तरक्रिया
नुवाकोट । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन तथा अन्तरक्रिया थालेका छन्।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितीबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताहरुको प्रतिक्रिया र सुझाव आउने क्रम बढे पछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका हुन् ।
केन्द्रीय सदस्यसमेत रहेका पूर्व मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत प्राप्त प्रतिक्रियाहरु ग्रहण गरिरहेका छन् भने स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग औपचारिक संवादसमेत अघि बढाएका छन् ।
हालै नेता पौडेलले जुममार्फत गरेको अन्र्तक्रियामा सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापतिहरू सहभागी थिए । उनीहरुले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित नेता पौडेलले सारेको धारणामा सहमत रहेको भन्दै पार्टी रुपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताए ।
बैठकमा २६ क्षेत्रीय सभापति सहभागी थिए । नेता पौडेलले अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना बनाएका छन् ।
नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रुपान्तरण आवश्यक रहेको भनेका छन्, नेता पौडेलले भने, कसरी र कस्तो रुपान्तरण आवश्यक हो भनेर अन्तरक्रिया गरेको हुँ ।

नेता पौडेलले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता तथा नेताबाट प्राप्त सुझाव र विज्ञहरुसँगको थप छलफलपछि दस्ताबेजसहित आउने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वास्थ्य बिमा संकटमा: सेवा कटौती
गगन थापाको राजीनामा अस्वीकृत
जसरी भए पनि अर्ली इलेक्सन गर्ने दाउमा एन्फा
आज यी प्रदेशमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना
सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो





प्रतिक्रिया