कांग्रेस सुधारका लागि नेता पौडेलले थाले सुझाव र अन्तरक्रिया
नुवाकोट । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको सुधारका लागि नेता कार्यकर्तासँग सुझाव संकलन तथा अन्तरक्रिया थालेका छन्।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितीबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणाप्रति नेता कार्यकर्ताहरुको प्रतिक्रिया र सुझाव आउने क्रम बढे पछि नेता पौडेलले पार्टीमा उठाउने गरी सुझाव संकलन थालेका हुन् ।
केन्द्रीय सदस्यसमेत रहेका पूर्व मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत प्राप्त प्रतिक्रियाहरु ग्रहण गरिरहेका छन् भने स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तासँग औपचारिक संवादसमेत अघि बढाएका छन् ।
हालै नेता पौडेलले जुममार्फत गरेको अन्र्तक्रियामा सातै प्रदेशका करिब ५० क्षेत्रीय सभापतिहरू सहभागी थिए । उनीहरुले कांग्रेसको सुधारका लागि आत्मालोचनासहित नेता पौडेलले सारेको धारणामा सहमत रहेको भन्दै पार्टी रुपान्तरण तथा पुस्तान्तरण आवश्यक रहेको बताए ।
बैठकमा २६ क्षेत्रीय सभापति सहभागी थिए । नेता पौडेलले अबको केही समय निरन्तर सुझाव संकलन गर्ने र त्यसलाई दस्तावेजीकरण गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना बनाएका छन् ।
नेता कार्यकर्ता मात्र नभएर आम नागरिकले पनि परिवर्तित समयमा नेपाली कांग्रेसमा रुपान्तरण आवश्यक रहेको भनेका छन्, नेता पौडेलले भने, कसरी र कस्तो रुपान्तरण आवश्यक हो भनेर अन्तरक्रिया गरेको हुँ ।

नेता पौडेलले आफू पार्टी सुधारका पक्षमा उभिएको भन्दै कार्यकर्ता तथा नेताबाट प्राप्त सुझाव र विज्ञहरुसँगको थप छलफलपछि दस्ताबेजसहित आउने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया