नेप्सेमा उच्च अंकको वृद्धि कायमै

विदुर खबर २०८२ असोज ८ गते ८:००

नुवाकोट । यो साता दोस्रो कारोबार दिन मंगलबार पनि नेप्सेमा उच्च अंकको वृद्धिले निरन्तरता पाएको छ ।

Advertisement

गत बिहीबार हालसम्मकै उच्च १ सय ६० अंकले घटेको नेप्से गत आइतबार ‘बाउन्सब्याक’ हुँदै १११ अंकले बढेको थियो । घटस्थापनाका दिन सरकारी बिदा परेकाले सोमबार बजार बन्द रहयो । मंगलबार खुलेको बजारमा भने उच्च अंकको वृद्धि कायमै भएको हो ।

जसअनुसार मंगलबार ५८.६३ अंकले बढेर २ हजार ६ सय ८२.२५ विन्दुमा उक्लेको छ । मंगलबारको वृद्धि अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो ।

Advertisement

उक्त दिन कारोबारमा आएकामध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीका घटेको छ । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी ६७ हजार ३ सय ८२ पटकको कारोबारमा १ करोड १३ लाख ५३ हजार १ सय ४८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबारको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से ५८ अंकले बढेको हो । मंगलबार आठ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । तर प्रभु स्मार्ट फन्डको मूल्य सबैभन्दा धेरै ४.३० प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

Advertisement

नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सेयर मूल्य धेरैले बढेर सर्किट ब्रेकर लागेका कम्पनीहरूमा सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर सबैभन्दा अघि छन् । यी दुवै कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेको छ ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, नारायण डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र एसिया हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । सो दिन हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया