पहिरोले तातोपानी नाका ठप्प, दसैंका फलफूल कुहिए
विदुर खबर
२०८२ असोज ४ गते २१:००
नुवाकोट । चीनबाट नेपाल ल्याइएका फलफूलसहितका करिब १५ सय कन्टेनर तातोपानी नाका हुँदै काठमाडौं पठाउने क्रममा पहिरोले रोकिएपछि व्यापारी मारमा परेका छन्।

दसैं लक्षित स्याउ, किवी, अंगुर, ड्रागनफ्रुटलगायत फलफूल कुहिन थालेका छन्। भोटेकोशी–२ स्थित इको, डाक्लाङ र पान्थली क्षेत्रमा गएको लेदोयुक्त पहिरोले सामान अड्किएको हो। व्यापारीका अनुसार एक कन्टेनर पहिरो पार गर्न ३.५ देखि ४ लाख रुपैयाँसम्म खर्च पर्न थालेको छ।
सरकारले अनुगमन थाले पनि तत्काल समस्या समाधान नहुँदा उपभोक्ता पनि महँगीको मारमा परेका छन्। तातोपानी भन्सार बन्द हुँदा राज्यलाई दैनिक ७ करोड रुपैयाँ राजस्व घाटा भएको छ।

सडक विभागले इकोमा छोटो र दीर्घकालीन समाधान थालिएको बताउँदै दुई महिनाभित्र दीर्घकालीन योजना अन्तर्गत ठेक्का प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया