तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरण शुरु
नुवाकोट कार्तिक १९, यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ ।
तिहारको लागि भारतबाट सयपत्री फूल ल्याइसकिएको छ । नेपालमा उत्पादन भएका सयपत्री फूल पनि बिक्रीका लागि तयारी अवस्था रहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । सयपत्री फूल विशेषगरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ ।
यस वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको छ । तिहारमा मात्रै रु एक करोड बराबरको फूलको कारोवार हुन्छ । “यस पटकको तिहारमा भारतबाट थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयातमा वृद्धि गर्नुपरेको छ”, श्रेष्ठले भन्नुभयो, “अहिले स्वदेशमा नै ९० प्रतिशत फूल उत्पादन हुन थालेको छ । यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।”
यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि रु ७० बढी मूल्यमा तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि रु ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था थियो । फ्लोरीकल्चर एशोसिएशनका अनुसार यस वर्ष गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने अवस्था छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ ।
मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट आयात गर्नुपर्ने अवस्था छ । मखमली र गोदावरी स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष तिहार ढिला छ । ढिला भएका कारण फूल फुलेर सुकिसकेका छन् । पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाउँदा व्यवसायीको मात्रै फूल प्रयोग गर्न मिल्ने अवस्था छ । गत वर्षभन्दा फूलको मूल्यमा वृद्धि हुनेछ ।
प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको छ । माग पनि सँगसँगै बढ्ने गरेको छ । यस वर्ष तिहारका लागि दुई लाखभन्दा बढी माला आयात गरिने एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा नै फूल खपत हुने गरेको छ । काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत माला खपत हुन्छ । गत वर्ष रु एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोडको फूल वार्षिक रुपमा विदेशबाट आयात गरिँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया