सुनको मूल्यमा नयाँ रेकर्ड कायम
विदुर खबर
२०८२ भदौ ३१ गते ११:३९

नुवाकोट । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेको छ ।

मंगलबारको कारोबारमा मूल्य बढेसँगै सुनको भाउ किर्तिमानी उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा भईरहेको छ ।

यसअघिको सुनको उच्च भाउ प्रतितोला २ लाख १५ हजार ८ सय थियो । उक्त मूल्य भदौ २७ गते कायम भएको थियो
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया