अब चाहिँ अन्याय हुँदैन भन्ने आशा छ : लामिछाने

विदुर खबर २०८२ भदौ २८ गते २०:४५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफूमाथि अन्याय नहुने आशासहित पुनः कारागार जान लागेको बताएका छन्।

Advertisement

शनिबार आफ्नो जन्मदिनकै दिन एक भिडियो सन्देश जारी गर्दै उनले नवनियुक्त प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै आफूमाथि लागेका मुद्दाहरूको न्यायिक निरुपणको सामना गर्न तयार रहेको बताए।

साथै, उनले देशको विषम परिस्थितिलाई सम्बोधन गर्न अन्तरिम सरकारसमक्ष पाँच-बुँदे माग प्रस्तुत गरे।

Advertisement

आफ्नो ३० वर्षे सार्वजनिक जीवनको जवाफदेहितालाई स्मरण गर्दै लामिछानेले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।

‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ उनले भने, ‘सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमाथी नै छोड्न चाहन्छु।’

Advertisement

प्रतिक्रिया