सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी

नुवाकोट । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै बढेको छ।

यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे। पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको आज पाँचाै दिन हो ।
पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेकाे चाँदीको मूल्य भने आज सामान्य घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी ताेलाकाे दुई हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
मंगलबारको बजारमा चाँदी तोलाको दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया