रसुवा नाका बन्द हुँदा दशैंलक्षित सामान आएनन्

नुवाकोट । नेपालको उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएका दुईवटा नाकाहरु बन्द हुँदा यसपालीको दशैंमा पर्याप्त सामानहरु आयात हुन नसकेको व्यवसायीहरुले बताएका छन् ।

खासगरी, दुवै देशबीच हुने मुख्य व्यापारीक नाकाहरु विगत दुई महिनादेखि बन्द अवस्थामा छन् । २०८२ असार २४ मा आएको बाढी र त्यसपछिको वर्षाका कारण तातोपानी र रसुवागढी भन्सार नाकाहरु बन्द हुन पुगेका थिए ।
बाढीका कारण सडकमार्ग नै भत्किएको र मितेरी पुल पुनः निर्माणको ढिलासुस्तीका कारण पनि चीनबाट आयात हुने मालसामानको ढुवानी र आपूर्ति व्यवस्थापन हुन सकिरहेको छैन् ।
कतिपय व्यापारीहरुले भने नाका दशैंसम्म नखुल्ने देखेपछि तरकारी तथा फलफूलजन्य वस्तुहरु बोकेर वा भरियाको सहायतामा भन्सार पास गराउने गरेको बताएका छन् । ‘मालबाहक र ठूला गाडीहरु त आउन सम्भव नै छैन् । व्यापारीहरुले पनि छिटो नाका खुलाउनुपर्यो भनेर दबाब दिनुभएको छ । हामीले समन्वय गरिरहेका छौं,’ उनले भने, ‘कतिपय व्यापारीले नाका नखुल्ने नै भयो भनेर होला, फलफूलहरु आफैंले बोकेर र कतिपयले भरियाको सहारामा भन्सार पास गर्न आउनुभएको हुन्छ ।’
त्यस्तै डेढ महिनादेखि रसुवागढी नाकासमेत यतिबेला ठप्प हुन पुगेको छ । बाढीका कारण चीनबाट कुनै पनि मालबाहक गाडीहरु भित्रिएका छैनन् । चालु आवमा झन्डै ४० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । रसुवा भन्सार कार्यालयका अनुसार, पछिल्लो साउन र भदौ महिनामा व्यापार ठप्प हुँदा राजशव संकलन नगन्य मात्रामा भएको देखिन्छ ।
रसुवा भन्सार कार्यालयका सुचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलले दशैंअघि नाका नखुल्ने बताए । मितेरी पुलमा पानीको बहाब बढ्दै गएकाले पनि बेलिबृज निर्माण कार्यमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
दैनिक प्रशासनिक कामबाहेक भन्सार कार्यालयबाट भन्सार जाँचपासलगायतका कामहरु ठप्प भइरहेको उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया