नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च
विदुर खबर
२०८२ साउन २३ गते १०:५८
नुवाकोट । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ ।

आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन एक लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
आज दश ग्राम सुनको मूल्य एक लाख ७० हजार ९५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ६३ रुपैयाँ ५० पैसा रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने
कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने





प्रतिक्रिया