दौडिन्छ नुवाकोट सम्पन्न, दौडमा १३७ जना सहभागि

नुवाकोट । नुवाकोटको विदुरमा नुवाकोट दौड सम्पन्न भएको छ ।

नेपाल रन(uk)सदस्य सुमनसिंह प्रधानको आयोजना तथा नुवाकोट एथलेटिक्स क्लबको प्रविधिक सहयोगमा भएको दौडमा अन्तराष्ट्यि एथलेटिक्सका किर्तिमानी धावक बैकुण्ठ मानन्धरको सहभागितामा त्रिशूली बजारदेखि बट्टार बजारसम्म दौड आयोजना गरिएको थियो ।

स्वास्थ्य लागि दौड जीवनका लागि दौड भन्ने मुल नाराकासाथ आयोजना गरिएको नुवाकोट दौडको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ उपमेयर प्रभा बोगटी लगायतले गरेका थिए ।
दौडमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, वडा अध्यक्षहरु वडा नम्बर १ का वडाध्यक्ष लेलिन रञ्जित, वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

दौडमा एकसय ३७ जनाले सहभागिता जनाएको नेपाल रन (UK) सदस्य सुमनसिंह प्रधानले जानकारी दिए । उनले नुवाकोटमा एथलेटिक्सका राम्रो खेलाडी उत्पादन गर्न दौड आयोजना गरिएको जानकारी दिए । प्रधानले दौड मार्फत नुवाकोटको कला संस्कृति र पर्यटनको प्रर्वद्धनमा समेत ठुलो भुमिका खेलेको बताए ।

यसअघि दौडको उद्घाटन गर्दै नगरपालिकाका मेयर श्रेष्ठले खेलकुदले मानिसलाई स्वस्थ बनाउनुका साथै कारात्मक उर्जा दिने समेत बताए । उनले स्वस्थ मानिसका लागि खेल अपरिहार्य रहेको उल्लेख गरे ।

दौड त्रिशूली बजार हुँदै डुंगे, विदुर, मैथली व्यारेक, संगमचोक, बट्टार बसपार्कहुँदै बट्टारको पूरानो पार्टीमा पुगेर सम्पन्न भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया