दौडिन्छ नुवाकोट सम्पन्न, दौडमा १३७ जना सहभागि
नुवाकोट । नुवाकोटको विदुरमा नुवाकोट दौड सम्पन्न भएको छ ।

नेपाल रन(uk)सदस्य सुमनसिंह प्रधानको आयोजना तथा नुवाकोट एथलेटिक्स क्लबको प्रविधिक सहयोगमा भएको दौडमा अन्तराष्ट्यि एथलेटिक्सका किर्तिमानी धावक बैकुण्ठ मानन्धरको सहभागितामा त्रिशूली बजारदेखि बट्टार बजारसम्म दौड आयोजना गरिएको थियो ।

स्वास्थ्य लागि दौड जीवनका लागि दौड भन्ने मुल नाराकासाथ आयोजना गरिएको नुवाकोट दौडको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ उपमेयर प्रभा बोगटी लगायतले गरेका थिए ।
दौडमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, वडा अध्यक्षहरु वडा नम्बर १ का वडाध्यक्ष लेलिन रञ्जित, वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

दौडमा एकसय ३७ जनाले सहभागिता जनाएको नेपाल रन (UK) सदस्य सुमनसिंह प्रधानले जानकारी दिए । उनले नुवाकोटमा एथलेटिक्सका राम्रो खेलाडी उत्पादन गर्न दौड आयोजना गरिएको जानकारी दिए । प्रधानले दौड मार्फत नुवाकोटको कला संस्कृति र पर्यटनको प्रर्वद्धनमा समेत ठुलो भुमिका खेलेको बताए ।

यसअघि दौडको उद्घाटन गर्दै नगरपालिकाका मेयर श्रेष्ठले खेलकुदले मानिसलाई स्वस्थ बनाउनुका साथै कारात्मक उर्जा दिने समेत बताए । उनले स्वस्थ मानिसका लागि खेल अपरिहार्य रहेको उल्लेख गरे ।

दौड त्रिशूली बजार हुँदै डुंगे, विदुर, मैथली व्यारेक, संगमचोक, बट्टार बसपार्कहुँदै बट्टारको पूरानो पार्टीमा पुगेर सम्पन्न भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया